डरलाग्दा चित्रका कारण चुरोट सेवनदरमा ५५ प्रतिशतले कमी

काठमाडौँ, १८ कात्तिक-

चुरोटको प्याकेटमा छापिएको चेतावनीमुलक चित्रात्मक सन्देशका कारण सेवन दरमा ५५ प्रतिशतले कमी आएको एक सर्भेक्षणले देखाएको छ । सुर्तीजन्य पदार्थको प्रयोग विरुद्धको अभियानमा लाग्दै आएको संस्था एक्सन नेपालले देशका ९ जिल्लामा गरेको सर्भेक्षणले यस्तो नतिजा देखाएphwको हो ।
संस्थाले गत पुसमा एक महिना लगाएर ९ जिल्लामा सर्भेक्षण गरेको थियो । सर्भेक्षणमा मोरङ, पर्सा, काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, कैलाली, बाँके र चितवन गरिएको थियो । संस्थाका अनुसार उक्त सर्भेक्षणमा २ हजार २५० जना सहभागी थिए । जसमा चुरोट सेवन कर्ता ६७० , चुरोट छोडेका १९३ र कहिल्यै चुरोट सेवन नगरेका १ हजार ३८७ जना थिए ।

सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८को कार्यान्वनय सुरु भएको एक बर्ष पछि गरिएको सर्भेक्षणमा सेवनकर्ताहरुले चुरोटमा राखिएका डरलाग्दा चित्रका कारण आफ्नो सेवनदरमा कमी भएको बताएका थिए । सर्भेक्षणमा सहभागी सेवनकर्ताले चित्रकै कारण दैनिक ११ खिल्ली सेवनबाट ५ खिल्लीमा झरेकोबताएका थिए । उनीहरुमध्ये ५८.२ प्रतिशतले चित्रकै कारण आफूहरु चुरोट छोडने मनस्थितिमा पुगेको बताएका थिए ।
त्यस्तै सर्भेक्षणमा सहभागी पूर्वसेवनकर्ता मध्ये ९५.३ प्रतिशतले प्याकेटमा राखिएको चित्रकै कारण आफूहरुलाई पुन सेवन सुरु गर्नसक्ने सम्भावना टरेको बताएका थिए । चुरोट सेवन सुरु नगरेका करीव ९० प्रतिशत किशोर तथा युवाहरुले चित्रकै कारण आफूहरु सेवनको सुरुवात गर्नबाट जोगिएको बताएका थिए । ऐन अनुसार सरकारले १४ पुस २०७० देखी बजारमा आउने सबै सूर्तीजन्य पदार्थमा ७५ प्रतिशत भागमा चेतावनीमुलक चित्रांकित सन्देश छाप्नुपर्ने व्यवस्था गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *