रसुवा बस दुर्घटनाका २९ घाइतेको उपचार राजधानीका अस्पतालमा

काठमाडौँ, १८ कात्तिक-ghaitee
मंगलबार दिउसो रसुवाको राम्चे गाविस ३ ग्राङ भन्ने स्थानमा भएको बस दुर्घटनामा परी घाइते भएका २९ जनाको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

पासाङ ल्यामू यातायात व्यावसायी समितिका अनुसार बसुन्धरास्थित ग्रिन सिटी अस्पतालमा ११ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ७ जना र महाबौद्यस्थित राष्ट्रिय ट्रमा सेन्टरमा ११ जनाको उपचार भइरहेको छ ।

त्यसमध्ये ग्रीनसिटीमा ६ जनाको आइसियुमा राखी उपचार भइरहेको छ । समितिका महासचिव रवि रिमालका अनुसार राजधानीका अस्पतालमा उपचार भएका सबै घाइतेहरु अहिले खतरामुक्त छन् ।

हिजो विहान ६ः२० मा काठमाडौको नयाँ बसपार्क देखी रसुवाको धुन्चेका लागि ३३ जना यात्रु चलानी सहित छुटेको ना ३ ख ५७०६ नम्वरको यात्रुबहाक बस दिउसो रसुवाको राम्चे ३ ग्राङ भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा परी चालक र सहचालक सहित ३६ जना यात्रुको मृत्यु भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “रसुवा बस दुर्घटनाका २९ घाइतेको उपचार राजधानीका अस्पतालमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *