नेपालमा बार्षिक चार करोड कण्डम खपत

condom

काठमाडौँ, १३ कात्तिक –  नेपालमा बार्षिक करिब ४ करोड कण्डम खपत हुने गरेको छ । तर प्रयोगदर भने त्यसको पचास प्रतिशत पनि पुगेको छैन् । विज्ञहरुले कण्डमको प्रयोगमा देखिएको कमिकै कारण एचआइभी नियन्त्रणमा समस्या परेको बताएका छन् ।

विज्ञहरुको तर्क छ, ‘प्रयोगकर्ताले कण्डमलाई परिवार नियोजनको साधनको रुपमा मात्रै बुझे, जबकी यसको महत्व एचआईभी नियन्त्रणका लागि अधिक छ ।’

२१ औँ  राष्ट्रिय कण्डम दिवसको अवसर पारि  शुक्रबार स्वास्थ्य सेवा विभाग राष्ट्रिय एडस तथा यौनरोग नियन्त्रण केन्द्रले गरेको कार्यक्रममा सरोकारवालाहरुले कण्डमको दोहोरो सुरक्षाको बारेमा प्रयोगकर्तालाई जानकारी गराउनुपर्नेमा जोड दिए ।

देशमा रहेका झण्डै ४० हजार एचआईभी संक्रमीत मध्ये ८५ प्रतिशतलाई असुरक्षीत यौनसम्पर्कका कारण संक्रमण भएको भन्दै कण्डमको प्रयोगमा वृद्धि गर्नुपर्नेमा उनीहरुको जोड थियो ।

केन्द्रका निर्देशक डा. दीपेन्द्र रमण सिंहले कण्डम परिबार नियोजनको भरपर्र्दो साधन भएपनि एचआईभी तथा यौनरोगको सक्रमण रोक्ने भरपर्दो माध्यम भएको बताए । उनले परिबार नियोजन तथा अनिच्छित गर्भपतन रोक्ने अन्य बैकल्पिक विधि भएपनि एचआईभी तथा यौनरोग रोक्नका लागि कण्डमको विकल्प नभएको बताए ।

स्पर्स नेपालका सुशील खत्रीले विगतको तुलनामा कण्डमबारे जनचेतना अभिवृद्धि भएको भन्दै प्रयोगदरमा पनि बढेको बताए ।

गतवर्ष गरेको एक अध्ययनमा नेपालमा कण्डम लगायतका परिबार नियोजनको अन्य साधनहरुको प्रयोग गर्नेको संख्या ४९.६ प्रतिशत रहेको छ । त्यस्तै प्रजनन उमेरका २७ प्रतिशत भन्दा बढी महिलाहरुले परिबार नियोजनको माग अपुग भएको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *