
‘कोरोनाको परीक्षण र उपचारले स्टार अस्पताल गज्जबले चिनियो’
पूर्व बैंकर किशोर कुमार महर्जन यतिवेला स्टार अस्पतालको कार्यकारी अध्यक्ष छन् । झण्डै डेढवर्ष अघि अस्पतालको नेतृत्वमा आउँदा उनले अस्पताल सुधारका थुप्रै योजना बुनेका थिए । योजना बुनेका मात्रै थिएनन्, केही योजनाहरु त छिटै कार्यान्वयनको चरणमा समेत प्रवेश गर्दै थियो । तर प्रक्रिया मिलाएर भ्याउदाँ नभ्याउँदै देशमा कोरोना भाइरस (कोभिड – १९) प्रवेश गर्यो ।