१. अमलाको नियमित सेवनले शरीरमा पाचन शक्ति बढाउनुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ । २. अमलाको सेवनले बुढोपन हुनबाट जोगाउनुका साथै मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ ।
सुन्तला : सुत्नुअघि सुन्तला ताछेर दाँतमा रगड्नुहोस् । यसमा हुने भिटामिन सी र क्याल्सियम रातभर किटाणुसँग लड्छ । केही हप्ता यो प्रक्रिया दोहोर्याउने हो भने तपाईंको दाँतमा भएको फिकापन हट्छ ।
गर्भावस्थ या शिशु जन्मिसकेपछिको अवस्थामा बेसारको प्रयोग महिलाका लागि हानिकारक हुनसक्छ । यस्तो अवस्थामा बेसार खाँदा मासिक धर्म रोकिने तथा अन्य समस्या निम्तिन सक्छ । बेसारले गर्भाशयलाई उत्तेजित या सक्रिय पार्न भूमिका खेल्छ । बेसारले टेस्टोस्टेरोन हर्मोन कम गर्न पनि सहायक भूमिका खेल्छ
नुनमा प्राकृतिक रुपमा भरपुर मात्रामा मिनरल्स पाइन्छ जसले शरीरलाई फाइदा गर्छ । यसका लागि एक जग पानीमा तीन चम्चा नुन मिलाएर एक दिन पुरा राख्ने र अर्को दिन एक कप तातो पानीमा मिलाएर पिउनाले शरीरलाई फाइदा गर्छ ।
आज रक्षा बन्धन वा भनौँ जनै पूर्णिमा । काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा विभिन्न जाती समुदायबीच क्वाँटी खाने चलन छ । टुसा उम्रेको विभिन्न गेडा गुडीबाट मिश्रित क्वाँटी स्वादमा मिठो त हुन्छ नै पोषणमा समेत यसले सकारात्मक प्रभाव पार्दछ ।
गर्मी मौसममा शरीरलाई पानीको बढी आवश्यकता पर्दछ त्यसैले बिहान उठ्नासाथ प्रशस्त मात्रामा पानी पिउनु फाइदाजनक हुन्छ । जसले शरीरमा रहेको बिकार पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ र शरीरमा रोग लाग्नबाट बचाउँछ । यो समयमा चिया तथा कफिको सेवन कम गर्नु राम्रो हुन्छ ।