विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी

काठमाडौँ, २७ साउन । विराटनगरस्थित लाइफगार्ड अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा आगलागी भएको छ।

आइतबार महानगर–५ स्थित लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आगलागिपछि हाल बाहिरबाट अस्पताल प्रवेशमा रोक लगाइएको छ। आईसीयूमा बिरामी नरहेको बताइएको छ ।

आगोलागी नियन्त्रणको प्रयास भइरहेको छ । अस्पतालमा बिजुली सर्ट भएर आगोलागि भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *