डेंगी संक्रमितको संख्या ३ हजार नाघ्यो
काठमाडौँ, २६ साउन । देशभर डेंगी संक्रमितको संख्या ३ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सन् २०२४ जनवरीयता हालसम्म डेंगी संक्रमितको संख्या ३ हजार ८४ पुगेको हो ।
गएको चारदिन यता मात्रै २ सय २२ जना डेंगी संक्रमित थपिएका छन् । यो वर्ष डेंगी संक्रमण मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला ४ जिल्ला बाहेक ७३ जिल्लामा फैलिएको ईडीसीडीले जनाएको छ ।
सबैभन्दा धेरै तनहुँ जिल्लामा ७ सय ५४ जनामा डेंगी संक्रमण देखिएको छ । त्यस्तै काठमाडौँमा ३ सय ७, कास्कीमा १ सय ६६, झापामा १ सय ३५ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले डेंगी संक्रमितको संख्या बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ।
सम्पर्क इमेल : [email protected]