साउन यता मात्रै पाँच जिल्लाका ४७ जनामा देखियो हैजाको संक्रमण

काठमाडौँ, २५ साउन । काठमाडौँ उपत्यकाका दुई सहित देशका पाँच जिल्लामा हैजा फैलिएको छ । साउन महिना यता मात्रै यी पाँच जिल्लामा ४७ जनामा हैजा पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) ले जनाएको छ ।

महाशाखाका अनुसार यस सिजनमा सबैभन्दा बढी ललितपरमा ३४ जनामा संक्रमण देखिएको हो । त्यसपछि कैलालीमा आठ, काठमाडौँ र प्यूठानमा समान २ २ र रुपन्देहीमा १ जनामा संक्रमण देखिएको हो ।

महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले पछिल्लो ४८ घण्टामा ललितपुरमा ७ जना, काठमाडौँ र रुपन्देहीमा एक एक जना गरी कुल ९ जनामा हैजा देखिएको बताए । उनले कुल ४७ संक्रमित मध्ये ललितपुरका ३ जना मात्रै अस्पतालमा रहेको समेत जानकारी दिए ।
इडिसिडीले यो सिजनमा अहिलेसम्म हैजाबाट कसैको ज्यान नगएको समेत स्पष्ट पारेको छ ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा रोग रोकथामका लागि १११५ निशुल्क हटलाइन सेवा सञ्चालनमा ल्याएको बताएको छ ।

एउटै टोलमा एक साता मित्र ५ जना भन्दा बढी झाडा पखलाका बिरामीहरु देखा परेमा इडिसीडीको टोल फ्रि नम्बर १११५ समा सम्पर्क गर्न भनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *