देशभर हैजा संक्रमितको संख्या ३० पुग्यो, सबैभन्दा धेरै ललितपुरमा
काठमाडौँ, २२ साउन । देशभर ३० जनामा हैजा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्याङ्क अनुसार साउन महिना लागेदेखि चार जिल्लामा ३० जनामा हैजा पुष्टि भएको हो ।
सबैभन्दा बढी ललितपुरमा १९ जनामा हैजा संक्रमण पुष्टि भएको छ । कैलालीमा ८ जना, प्युठानमा २ जना र काठमाडौँमा १ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । यो रोग लागेमा पातलो चौलानी पानीजस्तो दिसा हुने, वाकवाकी लाग्ने, पिसाबको रंग पहेँलो हुने, चिडचिडापन हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनेजस्ता लक्षणहरु देखिन्छन्।
हैजालगायत पानीजन्य रोगहरुबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेरमात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।
सम्पर्क इमेल : [email protected]