डेंगी संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौँ, २२ साउन । डेंगी सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा  (ईडीसीडी) का अनुसार २ हजार ३ सय ६५ जना सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको हो।

देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगी सङ्क्रमण फैलिएको छ।

डेंगी सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ७४७, कोशी प्रदेशमा ५३७ जनामा डेंगी पुष्टि भएको छ ।

त्यसै गरी, गण्डकी प्रदेशमा ५०८, लुम्बिनी प्रदेशमा २४७, सुदूरपश्चिममा २४२, मधेस प्रदेशमा ४६ र कर्णाली प्रदेशमा ३८ जनामा डेंगी पुष्टि भएको छ ।

जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगी पुष्टि भएको छ । काठमाडौँमा २८७,कास्कीमा १३७, झापामा १३३, चितवनमा ११६, तनहुँमा ११० जनामा डेंगी पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

हालसम्म कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगी पुष्टि भएको छैन ।

चिकित्सकका अनुसार डेंगी हुनबाट बच्न एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो । डेंगी सङ्क्रमण अझै बढ्न सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य विज्ञहरूले सुझाएका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *