हरियो खुर्सानी खानुका ८ फाइदा
१. हरियो खुसार्नी क्यालोरी रहित हुन्छ ।
२. हरियो खुसार्नीले डाइविटिजलाई पनि फइदा गर्छ । हरियो खुर्सानी खानाले तपाईको शरिरको ब्लड शुगर लेबल सन्तुलित हुने गर्छ ।
३. पाचन शक्ति बढाउँछ । खुर्सानीमा फाइबर हुन्छ, कब्जीयतबाट बचाउँछ। यसले खाना सजिलै तरिकाले पचाइदिन्छ र यसले पाचन सम्बन्धी बिमारीहरुलाई राहत मिल्छ ।
४. हरियो खुसार्नीमा एन्टी बैक्टीरियल गुण पाईन्छ जसले गर्दा छाला सम्बन्धि रोग लाग्नबाट बचाउँछ ।
५. क्यान्सर बाट बच्न हरियो खुर्सानीले सहयो गर्छ ।हरियो खुर्सानीमा एन्टीअक्सीडेन्ट हुन्छ जसले शरिरको रोग प्रतिरोधक क्षमता बढाउँछ । पुरुषहरुलाई हरियो खुर्सानीले पोस्ट्रेट कैंसर को खतराबाट बचाउने गर्छ ।
६. प्रतिरक्षामा सुधार ल्याउँर्न सहयोग गर्छ । हरियो खुर्सानीमा भिटामिन सी भरपूर मात्रामा हुन्छ जसले प्राकृतिक प्रतिरषमा सुधार गर्छ । यसले तपाईलाई विमारी हुनबाट बचाउँछ अर्थात् रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
७. हरियो खुर्सानी सेवन गर्नाले छालाको लागी फाइदाजनक । हरियो खुर्सानीमा भिटामिन इ पनि पाइन्छ जसले छालाको लागि आवश्यक प्राकृतिक तेल बनाउने गर्छ । यसले छाला मुलायक र राम्रो हुन जान्छ ।
८. हरियो खुर्सानीको सेवनले शरीरमा आइरनको कमी हुनबाट बचाउनुका साथै दिमाग तेजिलो बनाउँछ
तर यसको सेवन भने ठिक्क मात्रामा गर्नु पर्छ फाइदा गर्छ भन्दैमा बढी भने खानु हुँदैन ।
सम्पर्क इमेल : [email protected]