प्युठानमा पनि देखियो हैजा, दुई जनामा संक्रमण पुष्टि
प्युठान, २० साउन । प्युठानमा दुई जनामा हैजा पुष्टि भएको छ । गौमुखी गाउँपालिकाका दुई जना बिरामीमा हैजा पुष्टि भएको जिल्ला अस्पताल प्युठानका निमित्त मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र पौडेलले जानकारी दिए ।
डा पौडेलले गौमुखीका १२ र ३५ वर्षका पुरुषमा हैजा भेटिएको बताए । ‘तीन जना बिरामीको नमुना परीक्षणका लागि बुटवल पठाइएको थियो,’ डा पौडेलले भने, ‘दुई जनामा पोजेटिभ रिपोर्ट आएको छ।’
जिल्ला अस्पतालमा ६ जना झाडापखालाको बिरामीमध्ये तीन जना उपचार पछि घर फर्केका छन् । तीन जनाको हाल उपचार भइरहेको समेत उनले जानकारी दिए । संक्रमित बिरामीको अवस्था सामान्य रहेको र दुई वा तीन दिनमा डिस्चार्ज गरिने समेत उनले बताए ।
गत साउन यता ललितपुर, काठमाडौँ, कैलालीमा हैजा देखिएको छ ।
सम्पर्क इमेल : [email protected]