सौर्य एयरलाइन्स दुर्घटनाका क्याप्टेन शाक्य डिस्चार्ज

काठमाडौँ, १८ साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर घाइते भएका पाइलट (क्याप्टेन) मनीषरन्त शाक्य उपचारपछि  अस्पतालबाट डिस्चार्ज भएका छन्।

बिहीबार राति ९ बजेतिर शाक्य डिस्चार्ज भएको काठमाडौँ मेडिकल कलेज (केएमसी) की निर्देशक प्राडा मीना थापाले  जानकारी दिइन्।

निर्देशक थापाले क्याप्टेन शाक्यको स्वास्थ्यस्थिति सामान्य रहेको बताउदै अहिले अस्पतालमा राख्नुपर्ने कुनै कारण नभएको बताइन् ।

गत साउन ९ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो।

जहाजमा १९ जना सवार थिए। जसमध्ये १८ जनाको मृत्यु भएको थियो। दुर्घटनामा क्याप्टेन शाक्यको भने ज्यान जोगिएको थियो। सेना र प्रहरीले मिलेर उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल पुर्‍याएका थिए।

त्यहाँ सघन उपचार कक्ष (आइसियू)मा राखेर उनको उपचार भएको थियो। दुई दिनपछि स्वास्थ्य सुधारउन्मुख देखिएपछि उनलाई क्याबिनमा सारिएको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *