रौतहटमा एचआइभी संक्रमितको संख्या बढ्दै

काठमाडौँ, ११ साउन । पछिल्लो समय भारतीय सहरहरू बाट सर्दैगर्दा रौतहटमा एचआइभी एड्स संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षमा जिल्लाको १८ स्थानीय तहमा कुल संक्रमितको संख्या ४७४ पुगेको हो ।

त्यस अघिको आर्थिक वर्ष २०७९/०८० मा एचआइभी एडस संक्रमितको संख्या मात्र ३३२ रहेको थियो । एक वर्षको अवधिमा जिल्लाभरीमा १४२ जना एचआइभी एड्स संक्रमित बढेको संक्रमितहरुको रोकथाम तथा सचेतना सम्बन्धी काम गदै आएको सप्तरंगी नेपाल चन्द्रनिगाहपुरकी संयोजक जिना राना मगरले बताएकी छिन् ।

सबैभन्दा बढी राजपुर नगरपालिकामा एचआइभी एड्स संक्रमित देखिएको छ । राजपुरमा ६३ जना संक्रमित रहेको संयोजक मगरले जानकारी दिएकी छिन । दोश्रोमा इशनाथ नगरपालिकामा अहिले सम्म ५२ जना संक्रमित रहेका छन् ।

चन्द्रपुर नगरपालिकामा अहिले सम्म ३७ जना संक्रमित रहेका छन्।यसैगरी गौर नगरपालिकामा ३५ , गुजरामा २० जना,फतुवा बिजयपुरमा १० ,कटहरियामा २० ,बृन्दावनमा १०,गढीमाइमा ११ जना संक्रमित रहेको संयोजक रानाले जानकारी दिएकी छिन ।

यस्तै माधब नारायण नगरपालिकामा १२ ,गरुडामा १९ ,देवाही गोनाहिमा २० ,मौलापुरमा १५ ,बौधीमाइ मा २० ,परोहामा २५ ,राजदेबी नगरपालिकामा २५ र यमुनामाइ २१ ,दुर्गाभगबती गाउँपालिकामा २० जना तथा अन्य ३४ जना गरी रौतहटमा ४ सय ७४ जना संक्रमित रहेको तथ्याङकमा उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *