दुर्घटनाग्रस्त सौर्य एयरलायन्सका क्याप्टेन शाक्यको केएमसीमा उपचार हुँदै, कस्तो छ अवस्था ?
काठमाडौँ, ९ साउन । आज विहान दुर्घटनामा परेको सौर्य एयरलायन्सका क्याप्टेन मनिषरत्न शाक्यको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
उनको शरीरमा चोटपटक लागे पनि जलन भने नभएको केएमसीका एक जना चिकित्सकले बताए ।
‘अरु सबै यात्रुहरु जलेको पाइएको छ । तर क्याप्टेन शाक्यको शरीर जलेको छैन् । चोटपटकका कारण रक्तश्राव भने भइरहेको छ । उहाँ राम्ररी बोल्नु भएको थियो । प्रारम्भिक चरणमा हेर्दा उहाँको शरीरका भाइटल्सहरु ठिक नै देखिएको थियो । उहाँलाई अहिले हेर्दा आउट अफ डेन्जर हुनुहुन्छ भन्न सकिन्छ,’ ती चिकित्सकले भने ।
यता त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुरयाइएको दुई जना यात्रु भने जिवित नरहेको त्यहाँ कार्यरत स्टाफले बताएका छन् ।
यता विमानमा रहेका चालक दलका दुई जना सहित १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्यनन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।
सौर्य एयरलाइन्सका ९ एन–एएमई जहाज आज विहान ११ : ११ बजे विमानस्थलबाट टेकअफ हुने वित्तिकै २०० फिट माथि पुगेपछि अचानक सन्तुलनमा गुमाएर दुर्घटनामा परेको सहायक प्रवक्ता भुलले बताए ।
सम्पर्क इमेल : [email protected]