देशभर १ हजार ६ सयभन्दा बढीमा डेंगी संक्रमण
काठमाडौँ, ६ साउन । देशभर १ हजार ६ सयभन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार हालसम्म ७३ जिल्लाबाट १ हजार ६ सय ५७ जनामा डेंगी संक्रमण देखिएको हो ।
डेंगी संक्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ५७०, कोशी प्रदेशमा ३९६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी, गण्डकी प्रदेशमा २५६, लुम्बिनी प्रदेशमा १९६, सुदूरपश्चिममा १७५, मधेश प्रदेशमा ४१ र कर्णली प्रदेशमा २३ जनामा डेंगी संक्रमण पुष्टि भएको इडिसिडीले जनाएको छ ।
जिल्लाअन्तर्गत सबैभन्दा बढी काठमाडौँमा १९६ र झापामा १२८ जनामा डेंगी संक्रण पुष्टि भएको छ ।
इडिसिडीको तथ्याङ्क अनुसार कर्णली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगी पुष्टि भएको छैन ।
डेंगी रोग संक्रमण भएको पोथी जातको लमखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ। यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो।
यसबाट बच्न झूल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेंगी सङ्क्रमण रोकथाम गर्न सकिन्छ ।
सम्पर्क इमेल : [email protected]