प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीहरूले लिए शपथ
काठमाडौँ, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित २१ मन्त्रीहरूको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री र प्रकाशमान सिंह उपप्रधान तथा सहरी विकासमन्त्री बनेका छन् ।
त्यसैगरी आरजु राणा परराष्ट्र, तेजुलाल चौधरी युवा तथा खेलकुद, अजयकुमार चौरसिया कानुन, न्याय तथा संसदीय मामिला, दीपक खड्का ऊर्जा, ऐनबहादुर शाही वन तथा वातावरण, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या, बद्रीप्रसाद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, रामनाथ अधिकारी कृषि तथा पशुपन्छी मन्त्री बनेका छन् ।
त्यस्तै पृथ्वीसुब्बा गुरुङसञ्चार तथा सूचना प्रविधि, राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन, विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधि, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात, बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, दामोदार भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, मानवीर राई रक्षा, प्रदीप यादव खानेपानी, नवलकिशोर साह सुडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् ।
गत असार १७ गते बनेको कांग्रेस-एमाले नेतृत्वको नयाँ समीकरणमा मन्त्रालयको पनि भागबन्डा मिलेपछि कांग्रेसले १०, एमालेले ८, जसपाले २ र लोसपाले १ जना मन्त्रीको नाम पठाएका थिए । २५ सदस्यीय मन्त्रिपरिषदमा अब ३ जना राज्यमन्त्री मात्र नियुक्त हुन बाँकी छ ।
सम्पर्क इमेल : [email protected]