स्वास्थ्य बीमा बोर्डले सुविधा थैली अन्तर्गतको परिमार्जित नयाँ दररेट लागू हुने समय एक महिना पछि सर्‍यो

काठमाडौँ, ३० असार ।  स्वास्थ्य बीमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाको परिमार्जित दररेट कार्यान्वयन गर्ने समय एक महिना पछि सारेको छ ।

बोर्डले आज एक सूचना प्रकाशित गर्दै परिमार्जित दररेट आगामी १ भदौ देखि लागू हुने बताएको छ ।

बोर्डले यसअघि नयाँ दररेट १ साउन देखि लागू हुने भन्दै सूचना प्रकाशित गरेको थियो ।

सेवा प्रदायक सबै स्वास्थ्य संस्थाहरुले नयाँ पद्धती लागू गर्न समग्र प्याकेजको अध्ययन र प्राविधिक तयारीका साथै व्यवस्थापन गर्न समय लाग्ने भन्दै लागू हुने समय सार्न आग्रह गरेको बोर्डले जनाएको छ ।

परिमार्जित दर रेटमा ओपिडी टिकट ५० रुपैयाँ तोकिएको छ । जनरल बेडचार्ज प्रतिदिन २५० राखिएको छ । सबैभन्दा बढी केही रोगहरुको सर्जरीमा ७० हजार रुपैयाँ सम्म शुल्क तोकिएको छ । स्वास्थ्य बीमामा १ हजार २९० प्रकारका औषधिहरुको शुल्क तोकिएको छ ।

बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले गत २८ भदौको बोर्ड बैठकको निर्णयले लागू हुने अवधी एक महिना पछि सार्ने निर्णय गरेको बताए । उनले यसपटक कतिपय सेवाहरु तोकिएको अवधीमा मात्रै गर्न मिल्ने गरी क्यापिङ नम्बरको व्यवस्था गरिएको बताए ।

‘केही सेवाहरु बीमितले जुन बेला मन लाग्यो त्यहि बेला गर्न पाइन्थ्यो । अब क्यापिङ नम्बर भएपछि तोकिएको समयमा मात्रै त्यो सेवा लिन पाइन्छ,’ उनले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *