यी हुन् सौँफका ९ औषधीय गुण
१. तौल कमगर्छ : एक चम्चा सौँफको पानीमा दही मिलाएर खानाले शरीरको तौल कम गर्न मद्दत गर्छ ।
२. दिमाग तेजिलो : सौँफ र मिश्री पिसेर खानाले दिमाग तेजिलो हुन्छ ।
३. हृदयघात : खाना खाईसकेपछि एक चम्चा सौँफ सेवन गर्नाले कोलेस्ट्रेरोलको मात्रा नियन्त्रण हुनुका साथै हृदयघात हुने खतराबाट बचाउँछ ।
४. पाचानशक्ति : एक चम्चा सौँफ दुईकप पानीमा उमालेर दिनमा दुईचोटी पिउने गर्नाले पाचानशक्ति मजबुद हुन्छ र कब्जियत जस्ता समस्याबाट मुक्ति मिल्छ ।
५. आँखा तेजिलो : नियमित एक चम्चा सौँफ सेवन गर्नाले आँखा तेजिलो हुनुका साथै मोतीबिन्दु हुनबाट रोक्छ ।
६. खोकी : एक चम्चा सौँफ पानीसंग खानाले खोकी सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।
७. महिनावारी : एक चम्चा सौँफर गुण मिलाएर खानाले महिनावारीको बेलामा हुने समस्याबाट टाढा राख्छ ।
८. हात खुट्टा दुखेमा : एक चम्चा सोँफ र मह मिलाएर खाने गर्नाले हात खुट्टा दुखेको छ भने निको हुन्छ ।
९. टाउको दुखेमा : सोँफलाई पिसेर टाउको तथा निधारमा लगाउनाले टाउको दुखेको निको हुन्छ ।
सम्पर्क इमेल : [email protected]