नयाँ सरकार बनेपछि स्वास्थ्य कसको भागमा ? को बन्छ स्वास्थ्य मन्त्री ?

काठमाडौँ, २७ असोज । अहिले सम्मको संसदीय अंकगणितको हिसावले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) शुक्रबार सरकारबाट विदा हुँदै छन् । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच केही दिन अघि भएको नयाँ सम्झौँतापछि बर्तमान गठबन्धनको सरकार विदा हुन लागेको हो ।

प्रचण्ड बाहिरिएपछि सरकारको नेतृत्व नयाँ गठबन्धनको तर्फबाट पहिलोचरणमा एमाले अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी ओलीले गर्दैछन् ।

यसबीचमा दुई ठूला दलले मन्त्रालय र त्यसको नेतृत्व गर्ने मन्त्रीहरु को को राख्ने भन्नेमा समेत चरणवद्ध रुपमा छलफल गरेका छन् । आन्तरिक तथा दीपक्षीय छलफलबाट मुख्य मन्त्रालयको विषयमा समेत टुंगो नजिक पुगेको नेताहरुले बताएका छन् ।

यद्धपी त्यसको सार्वजनिक भइसकेको छैन ।

स्वास्थ्यमा को ?

उच्च स्रोतका अनुसार दुई दलबीच शिक्षा र स्वास्थ्य बाँढेर लिने सहमति भएको छ । यद्धपी नयाँ गठबन्धनमा साना केही दल पनि आउन सक्ने भएकोले अन्तिम टुंगो भने लागिसकेको छैन ।

बुधबार बेलुकाको छलफलमा अर्थ, सञ्चार र स्वास्थ्य एमालेको भागमा र परराष्ट्र, गृह र शिक्षा कांग्रेसले लिने मोटामोटी सहमति भएको छ ।

‘हिजो एक खालको सहमति भयो । त्यसमा केहीको नाम समेत टुंगो लागेको छ,’ स्रोतले भन्यो ।

स्वास्थ्य मन्त्री को बन्लान् ?

मन्त्रालय र मन्त्री अन्तिमसम्म फेरवदल भइरहने भएकोले अहिले नै आँकलन गर्न छिटो हुन सक्छ ।

बुधबार बेलुकाको सहमतिले काम गरेमा स्वास्थ्य एमालेले पाउने छ । यदि एमालेले पाएको खण्डमा पहिलो प्राथमिकता पार्टीका स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले पाउने छन् । श्रेष्ठ आफै पनि स्वास्थ्य मन्त्री बन्न ईच्छुक देखिएका छन् । ओलीको निकट भनेर चिनिने श्रेष्ठले स्वास्थ्य मन्त्री भएको खण्डमा के के कामबाट सुरु गर्ने भनेर तयारी थालिसकेका छन् । उनी यसअघि पनि केही दिन स्वास्थ्य मन्त्री बनेका थिए ।

यता स्वास्थ्य मन्त्रालय एमालेको भागमा परेमा पार्टीले योगेश भट्टराईलाई पठाउने सम्भावना पनि उत्तिकै देखिएको छ । भट्टराई स्वास्थ्य विभागका पूर्व प्रमुख हुन् । पार्टीमा पूर्व मन्त्री पदम गिरी पनि पुन: स्वास्थ्यमा आउलान कि भन्ने अड्कल काटेका छन् । तर कतिपयले गिरीलाई सञ्चारमा जान सक्ने बताउने गरेका छन् ।

कतिपयले लगातार दुई पटक मन्त्री बनिसकेकोले पुन त्यो अवसर पाउन सक्नेमा समेत आशंका गरेका छन् । स्रोतले भने  स्वास्थ्य र सञ्चार मन्त्रालयमा योगेश र पदमको उत्तिकै सम्भावना रहेको बताएको छ ।

यता कांग्रेसले स्वास्थ्य मन्त्रालय पाएको खण्डमा कसलाई पठाउने भन्ने तयारीमा रहेको बुझिएको छ । उच्च तहले पूर्व मन्त्री गगन थापालाई नै स्वास्थ्यमा पठाउन खोजेको छ । तर गगनले मुल राजनीतिमा आफू केन्द्रीत रहने भन्दै अहिले सकेसम्म मन्त्री पदमा नजाने बताउने गरेका छन् । उनले यसअघि चर्चामा रहेका प्रदीप पौडेललाई पठाउन सक्ने जानकारहरु बताउँछन् ।

तर, पार्टीको संस्थापन पक्षको एउटा समूहले आरजु राणा देउवाको नाम पनि लिएको छ । ‘आरजुले परराष्ट्र वा स्वास्थ्य भन्नु भएको छ । परराष्ट् नभए स्वास्थ्य पार्टीको भागमा परेमा उहाँ आउन पनि सक्नुहुन्छ,’ कांग्रेस उच्च स्रोतले भन्यो ।

यो वाहेक ओली नेतृत्वमा बन्ने सरकारमा जनता समाजबादी पार्टी समेत सहभागी हुन चाहेको छ । यसअघि जसपाबाट स्वास्थ्य मन्त्री बनेका प्रदीप यादव फेरी सोही मन्त्रालय सम्हाल्ने ईच्छा गरेका छन् ।

तर, पार्टी अध्यक्ष अशोक राईले सकेसम्म आफै नभए अर्को नयाँ व्यक्तिलाई स्वास्थ्यमा पठाउन चाहेको बताइएको छ ।

यस्तै जनमत पार्टीले पनि सरकारमा सहभागी भएको खण्डमा स्वास्थ्य मन्त्रालय आफ्नो प्राथमिकताको मन्त्रालय भएको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *