नेपालमा थप १६ लाख एक हजार डोज कोभिडविरुद्धको खोप भित्रियो
काठमाडौँ, २७ असार । नेपालमा १६ लाख १ हजार डोज कोभिडविरुद्धको खोप आइपुगेको छ । गाभी द भ्याक्सिन एलायन्स (गाभी)को अनुदान सहयोगमा कोभिडविरुद्धको फाइजर खोप आएको हो ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति महाशाखाले फाइजरको १६ लाख १ हजार डोज खोप मोनोभ्यालेन्ट खोप आइपुगेको बतायो ।
यसअघि नेपालले फाइजरको वाई भ्यालेन्ट खोप दिदै आएको थियो ।
कोभिडको सव भेरियन्टमा परिवर्तन आइरहेको र जोखिमयुक्त समूहलाई प्राथमिकता दिईने गरी यो खोप ल्याइएको विभागका खोप शाखा प्रमुख डा अभियान गौतमले बताए ।
कोभिड – १९ को महामारी सामान्यीकरण भएपछि खोपको चासो घटेको थियो ।
यद्धपी टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक रुपमा यो खोप दिईने गरेको थियो । अब आउने खोप पनि त्यहाँबाट नियमित रुपमा भई नै रहन्छ र अयन्त्रका अस्पतालमा पनि आवश्यकताका आधारमा वितरण हुने बताइएको छ ।
आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले खोप आइसकेको पुष्टि गर्दै खोप शाखाको योजना अनुसार वितरण हुने बताए । कहाँ कहाँ कति दिने भन्ने कुरा खोप शाखाले निर्धारण गर्दछ । त्यसपछि हामीले वितरण गर्न थाल्छौँ । डा चौरसियाले भने ।
सम्पर्क इमेल : [email protected]