स्वास्थ्य क्षेत्रमा भएका समस्या तत्काल समाधान गर्न सांसद खानको माग

काठमाडौँ, २५ असार । जनमत पार्टीका सांसद एवं पूर्वमन्त्री अब्दुल खानले स्वास्थ्य क्षेत्रमा भएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद खानले सो कुरा बताएका हुन् ।

संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने भन्दै सांसद खानले स्वास्थ्य क्षेत्रमा आवश्यक दरबन्दीको तत्काल व्यवस्था गर्न र स्वास्थ्य सामग्री खरिद र वितरण प्रणाली पारदर्शी बनाउन पनि सरकारसंग माग गरेका छन् ।

उनले भने ‘अहिले हाम्रो मुलुकमा कम्तीमा पनि ६३ हजार २६० जना स्वास्थ्य क्षेत्रमा कर्मचारी आवश्यक छ । तर ३० हजार मात्रै दरबन्दी छ । २०४८ सालदेखि अहिलेसम्म दरबन्दी खोलिएको छैन । स्वास्थ्य मन्त्रालयलाई यस विषयमा ध्यानाकर्षण गराउन चाहन्छु । उपकरण खरिद तथा वितरण प्रणालीलाई पारदर्शी बनाउन, थन्किएर बसेका उपकरणहरूलाई चाहिएको ठाउँमा पु¥याउन आवश्यक रहेको छ, । संविधानले मौलिक हकको रुपमा ग्यारेन्टी गरेको शिक्षा, स्वास्थ्य र रोजगारीको समस्यालाई समाधान गर्न सम्माननीय सभामुखज्यूमार्फत नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *