बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले दिए राजीनामा

काठमाडौँ, २४ असार  । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री श्रेष्ठसहित पाँच जना मन्त्रीले पदबाट राजीनामा दिएका हुन्।

राजीनामा दिनेहरुमा आर्थिक मामिला मन्त्री जगन्नाथ थपलिया, उघोग, वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ , वन तथा वातावरण मन्त्री केशव पोखरेल र जलश्रोत, उर्जा तथा खानेपानी मन्त्री एकालाल श्रेष्ठ रहेका छन् ।

मन्त्रीहरूले हेटौंडा-२, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका हुन् ।

यो संगै माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकार अल्पमतमा परेको छ । सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *