बागमती प्रदेशमा ४८२ जनामा डेंगी संक्रमण

काठमाडौँ, २१ असार । देशका ७३ जिल्लामा डेंगी संक्रमण फैलिए संगै देश भरमध्ये बागमती प्रदेशमा मात्र ४ सय ८२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

सन् २०२४ को जनवरीदेखि जुलाई ३ सम्म १ हजार ४ सय ३२ संक्रमितमध्ये बागमतीमा मात्रै ४ सय ८२ जनामा डेंगी संक्रमण फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

यस्तै, कोशी प्रदेशमा ३ सय ५० जनामा, गण्डकीमा २ सय १२ जनामा, लुम्बिनी प्रदेशमा १ सय ७१ जनामा डेंगी संक्रमित फेला परेको ईडीसीडीले जनाएको छ ।

यस्तै, सुदूरपश्चिममा १ सय ५९, मधेसमा ३८ र कर्णालीमा २० जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

हुम्ला, डोल्पा र मुस्ताङबाहेक देशका ७३ जिल्लामा डेंगी संक्रमण देखिएको ईडीसीडीले जनाएको छ ।

डेंगी रोग सङ्क्रमण भएको पोथी जातको लमखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ। यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो।

यसबाट बच्न झूल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेंगी सङ्क्रमण रोकथाम गर्न सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *