नर्सिङ लाइसेन्स परीक्षाको नतिजा : पीसीएल तर्फ थुप्रो फेल, बीएस्सी तर्फ राम्रो पास

काठमाडौँ, १७ असार । नेपाल नर्सिङ परिषद्को गत शनिबार लिएको ३६ औ नाम दर्ता परीक्षामा मिश्रित नतिजा आएको छ । परीक्षामा पीसीएल नर्सिङ तर्फ दुई तिहाई बढी नर्सहरु फेल भएका छन् । तर बीएस्सी नर्सिङ तर्फ भने पास हुने प्रतिशत ठूलो छ ।

परिषद्का रजिष्ट्रार शुक्ला खनालका अनुसार प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ३२ प्रतिशत मात्रै पास भएका हुन् । उनले पीसीएल नर्सिङ तर्फ १ हजार ६२० जना सहभागी भएकोमा ५१८ जना (३२ प्रतिशत) मात्रै पास भएको बताईन ।

स्टाफ नर्स बन्ने पढाई पीसीएल नर्सिङ उत्तीर्ण गरी लाइसेन्स परीक्षामा सहभागी हुँदा आएको नतिजा निराशा जनक आउँदा उनीहरुलाई पढाउने नर्सिङ कलेजहरुको गुणस्तरमा समेत प्रश्न उठेको छ ।

परिषदले सोही दिन लिएको पीसीएल भन्दा माथिल्लो तह अर्थात बीएस्सी नर्सिङतर्फको नतिजा भने उत्कृष्ट छ । सो परीक्षामा कुल १ हजार १५७ जना सहभागी हुँदा ९८३ जना पास भएका छन् ।

यसले माथिल्लो तहको पढाईको गुणस्तरमा तल्लो तहको भन्दा राम्रो भएको अनुमान गरिएको छ ।

परिषद्ले यसपटक मिडवाइफ र विशेषज्ञ नर्सको परीक्षा मंगलबार (१८ असार)का लागि तोकेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *