स्टार अस्पतालको ब्लड बैंक आजबाट औपचारिक रुपमा सञ्चालनमा

काठमाडौँ, १४ असार । सानेपास्थित स्टार अस्पतालले रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले शुक्रबार एक समारोहकाबीच रक्त सञ्चार सेवा केन्द्रको उद्घाटन गरेपछि औपचारिक रुपमा सञ्चालनमा आएको हो । यद्धपी सो केन्द्रले यसअघि देखि नै रक्त सञ्चार सेवाको काम गर्दै आइरहेको थियो ।

आज उद्घाटित ब्लड बैंकमा दैनिक करिब ३०० युनिट रगत संकलन तथा भन्डारण गर्न सक्ने क्षमताको रहेको बताइएको छ । त्यसमा फ्रेस ब्लड , होल ब्लड , प्याकेट रेड सेल लगायतका रगत र रगतजन्य तत्वहरु उपलब्ध हुनेछन् ।

सातै दिन २४ सै घण्टा खुल्ला रहने यो ब्लड बैंकमा स्वयमसेवी रक्तदाता र विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासंग सहकार्य गरी रक्त संकलन कार्य गर्दै हुँदै आइरहेको बताइएको छ । हालसम्म यस केन्द्रले उपत्यकाका ३४ भन्दा बढी अस्पतालहरुलाई रगत तथा रगतजन्य तत्वहरुको आपुर्ति गर्दै आइरहेको समेत जानकारी दिइएको छ ।

उद्घाटन कार्यक्रममा स्वास्थ्य मन्त्री यादवले निजी अस्पतालमा रक्त सञ्चार केन्द्रको स्थापना गरेर स्टार हस्पिटलले एउटा नमुना काम गरेको बताए । उनले भने, ‘रक्त सञ्चार केन्द्रको स्थापनाले अस्पतालमा उपचाररत बिरामीहरूलाई मात्र नभई, टाढाबाट आउने अन्य बिरामीहरूलाई पनि सहज हुनेछ । यो केन्द्रले उपचार प्रक्रिया सरल र छिटो बनाउन मद्दत पुर्‍याउनेछ ।’

उद्घाटन कार्यक्रममा स्टार हस्पिटलका कार्यकारी अध्यक्ष श्री किशोर कुमार महर्जन, अस्पतालका संचालक समिति सदस्य, स्थानिय जनप्रतिनिधि, रक्तदान सम्बन्धि कार्य गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *