ईशान बाल अस्पतालमा एक बालिकाको जटिल तथा दुर्लभ शल्यक्रिया सफल

काठमाडौँ, ३२ जेठ ।  ईशान बाल तथा महिला अस्पतालमा ११ वर्षकी बालिकाको जटिल र दुर्लभ शल्यक्रिया भएको छ ।

लिखु तामाकोसी ६ की ११ वर्षकी तृष्णा थापाको जन्मजात मुत्र थैली नबनेको रोग (एक्सट्रोप्ट्री इपिस्पाडियस कम्प्लेक्स) सम्वन्धी समस्याको शल्यक्रिया गरिएको हो । अस्पतालका निर्देशक प्राडा रामनन्दनप्रसाद चौधरीले अत्यन्त दुर्लभ र जटिल मानिने यो शल्यक्रियामा बालिकाको एकै पटक चार किसिमको शल्यक्रिया गरिएको बताए ।

उनका अनुसार सानो आन्द्राबाट पिसाबको थैली ठूलो बनाएको, दुईवटै मिर्गौलाका नलीहरुमा पिसाब नफर्कने शल्यकिया, पिसाब थैलीको तल्लो प्वाल बन्द गरेको र एपेन्डिक्सलाई प्रयोग गरी पिसाब निकाल्ने कृतिम नली बनाउने शल्यक्रिया गरिएको हो ।

अस्पतालमा आज आयोजित पत्रकार सम्मेलनमा प्राडा चौधरीले गत १० बैशाखमा आफू र प्राडा श्यामकृष्ण महर्जनसहितको टिमले १० घण्टा लगाएर अति जोखिमयुक्त शल्यक्रिया गरिएको बताए ।

नेपालमा यस्तो किसिमको शल्यक्रिया सम्भवत पहिलो भएको अस्पतालले जनाएको छ ।

यस्तो समस्या भएका अधिकांश बालबालिकाहरुको मृत्यु हुने गरेकोले पनि यसअघि यस्ता किसिमको रोगको यो तहको उपचार नेपालमा नभएको उनले आँकलन गरे ।

शल्यक्रिया गरिएकी बालिका थापा ११ बर्ष अघि थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा जन्मिएकी हुन् । जन्मदा उनको नाइटो भन्दा तल्लो भागमा पेटको भित्ता नभएको र पिसाबको थैली खुल्ला र पिसाब नली समेत नभई त्यहीबाट लगातार बाहिर पिसाब चुहिने अवस्था थियो ।

परिवारले जन्मिएको ९ दिनमा कान्ति बाल अस्पतालमा ल्याएर थापाको उपचार गरेका थिए । त्यसबेला कान्तिमा उनै प्राडा चौधरीको नेतृत्वमा खुल्ला पिसाब थैली बन्द गर्ने शल्यक्रिया भएको थियो । त्यसपछि चार वर्षको उमेरमा पिसाब नलि बनाउने शल्यक्रिया गरिएको थियो ।

पिसाबको थैलीको आकार उमेर अनुसार नबढी सानै भएको कारणले पिसाब लगातार चुहिरहने र पिसाब थैलोबाट पिसाब मिर्गौलाबाट आउने दुईवटै नलीहरुबाट उल्टै फर्केर मिर्गौलामा गईरहेको अवस्था थियो जसका कारण तृष्णाले शल्यक्रिया अगाडि डाइपर लगाउनपर्ने अवस्था थियो ।

शल्यक्रिया पश्चात तृष्णाले पाइप मार्फत पिसाव गर्न सकेको र हाल उनको दैनिक अवस्था सामान्य रहेको उहाँका बाबु सन्तोष थापाले जानकारी दिए ।

डा चौधरीले तृष्णाको जस्तो स्वास्थ्य समस्या १० हजार जीवित जन्ममा १ जनामा देखिने बताए । उनले यस्तो समस्या बालिकाहरु भन्दा बालकहरुमा बढी हुने गरेको जानकारी दिए ।

शिशु गर्भमै छँदा यो रोगको निदान हुन्छ तर उपचार भने जन्मिसकेपछि मात्रै गर्न सकिने डा चौधरीको भनाई थियो । ‘एनामालिज परिक्षणबाट शिशुहरुमा विकलांगको समस्याको जोखिम रहे नरहेको पत्ता लगाउन सकिन्छ उनले भने तर शल्यक्रिया भने जन्मिसकेपछि मात्रै गर्न मिल्छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “ईशान बाल अस्पतालमा एक बालिकाको जटिल तथा दुर्लभ शल्यक्रिया सफल

  1. 1) Kanti hospital ma yesto operation 3-6 mahina ma euta huncha……..2) 2 barsa 14 barsa nani ko yestai rog ko operation model aspatal ma ni bhako thyo…… 3) nani haru ma yeslai exstrophy epispadias complex bhanidaina…..epispadias rog bhaneko babu haru ma matra huncha …… Yesto article le dekhauncha nepal ko journalism kata gairako cha bhanera…… Kunai research chaina….euta private hosp ko dr le bhanyo bhandai ma chapdine.????

Leave a Reply

Your email address will not be published. Required fields are marked *