‘इन्दिरा आईभीएफ नेपालको सफलता दर ९० प्रतिशत !’
काठमाडौँ, ३२ जेठ । भारतका विभिन्न स्थानमा रहेका १२० वटा शाखा मार्फत सेवा दिइ रहेको इन्दिरा आईभीएफले देश बाहिर आफ्नो शाखा बिस्तार गर्ने योजना बनाउँदा पहिलो प्राथमिकतामा नेपाल रोज्यो । सोही अनुसार गत १५ पुसमा काठमाडौँको पानी पोखरीमा इन्दिरा आईभीएफको नेपाल शाखा सञ्चालनमा आयो ।
त्यसबेला उदघाटन गर्ने क्रममा इन्दिरा आईभीएफका संस्थापक तथा अध्यक्ष डा. अजय मुर्दियाले सेवामा सफलता दर ‘ ७५ प्रतिशत छ’ भनेर सुनाएका थिए । त्यसबेला सञ्चालनमा आउँदै गरेको नेपाल शाखाले कम्तिमा यहि दरको सफलता पाउने विश्वास व्यक्त गरेका थिए । तर सञ्चालनमा आएको साढे पाँच महिनामा इन्दिरा आईभीएफ नेपाल शाखाको नतिजा उनले सोचेभन्दा राम्रो आएको छ ।
इन्दिरा आईभीएफकी नेपाल शाखाकी प्रमुख डा नेहा हुमागाईँ उत्साहित मुद्रामा भन्छिन्, ‘आईभीएफमा हाम्रो सफलता दर ८५ देखि ९५ प्रतिशतसम्म आएको छ ।’
उनले यो सफलता प्रतिशत कुल सेवा लिएका ४७ जनामा आएको सकारात्मक नतिजामा आधारित रहेको बताईन । त्यसमा अझ उनले सेवा लिन आएकाहरुमध्ये झण्डै ५० प्रतिशतले यसअघि अन्यत्रका आईभीएफ सेन्टरमा प्रयास गरेर पनि असफल भएकाहरु रहेको दावी गरिन ।
डा हुमागाईँले प्रारम्भिक नतिजाले आफूलाई उत्साहित बनाएको र इन्दिरा आईभीएफको विश्वस्तरीय गुणस्तरलाई पुर्नपुष्टि गरेको ठोकुवा गरिन ।
कसरी यस्तो सफलता ?
डा हुमागाईँले नेपालमा यो दरको सफलता प्राप्त हुनुलाई दक्ष जनशक्ति, अत्याधुनिक उपकरण र वातावरणबीचको समिश्रण कारक हुनसक्ने बताईन् ।
‘इन्दिरा आईभीएफ विश्वमै चर्चित सेन्टर हो । भारतमा यसले अलग्गै पहिचान बनाएको छ । यसरी पहिचान बन्नुमा पहिलो कारण यसको सेवाको सफलता दर हो । र सेवामा आउनु सफलताको पछाडी जनशक्ति, प्रविधि र उच्चस्तरीय उपकरण नै हो । यो यही सुत्र नेपाल शाखाले पनि प्रयोगमा ल्याएको छ । अझ यसमा बातावरणीय प्रभावले पनि थप मद्धत गरयो होला,’ डा. हुमागाईँले भनिन्, हाम्रो यो सफलताले भारतमा समेत विशेष चर्चा पाएको छ ।’
निसन्तानको समस्या बढ्दो
नेपालीहरुमा खानपान, जीवनशैलीमा आएको परिवर्तनसंगै निसन्तानको समस्या बढ्दो क्रममा छ । महिलाहरुको ढिलो विहे हुनु, युवा अवस्थाका पुरुषहरु खाडी मुलुकमा हुनु अर्को मुख्य कारण भएको डा हुमागाईँ बताउँछिन् ।
‘अहिले त केटीहरुको समेत ३० – ३५ बर्षमा विहे हुन थाल्यो, प्रजनन क्षमतामा त्यो उमेर पछि घटन थाल्छ । धेरै पुरुषहरु खाडी क्षेत्रमा काम गर्न जानु भएको छ । त्यहाँको बातावरणीय प्रभावले पनि शुक्राणुमा कमि हुन्छ । यस्तै धूमपान तथा मध्यपानको सेवन, जंकफुड, पोषणमा कमी, मोटोपना लगायतका समस्याले पनि निसन्तानको समस्या बढ्दो छ । त्यसैले ढिला सन्तान जन्माउन चाहनेहरुले आफ्नो शुक्राणु तथा अण्डा फ्रिजिङ गर्न सक्नु हुनेछ,’ उनले भनिन् ।
त्यसो त इन्दिरा आईभीएफले यसबारेमा देशका विभिन्न स्थानमा पुगेर निसन्तान समस्या र समाधानका उपाय बारेमा सचेतनामुलक कार्यक्रम गर्दै आएको जनाएको छ ।
सन् २०११ मा भारत राजस्थानको उदयपुरमा पहिलो पटक खुलेको इन्दिरा आईभीएफले अहिलेसम्म १ लाख ५० हजार बढी आईभीएफ पद्धतीबाट सन्तान जन्माउन सफल भएको बताएको छ ।
सम्पर्क इमेल : [email protected]