सुर्तीजन्य पदार्थबिरुद्धको अभियानमा क्रियाशील छ जनालाई स्वास्थ्य मन्त्री ब्लूम्बर्ग अवार्ड
काठमाडौँ, १८ जेठ । सुर्तीजन्य पदार्थ बिरुद्धको अभियानमा उत्कृष्ठ कार्य गर्ने छ व्यक्ति तथा संस्थाले स्वास्थ्य मन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार प्राप्त गरेका छन् ।
विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक कार्यक्रम गरी उनीहरुलाई पुरस्कार वितरण गरेको हो ।
पुरस्कृत हुनेहरुमा संस्थागत तर्फ हेल्थ नेपाल प्रालिका तर्फबाट भिषा काफ्ले, व्यक्तिगत तर्फ डीबी खड्का (स्वास्थ्य खबर पत्रिका), अतुल मिश्र (बरिष्ठ पत्रकार), नीता सापकोटा नेपाल टेलिभिजन रहेका छन् ।
यस्तै डा विनोदविन्दु शर्मा सचिव सामाजिक तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका र सुनील शर्मा प्रमुख किटजन्य रोग नियन्त्रण प्रयोगशाला हेटौडा रहेका छन् । पुरस्कारमा जनही ५० हजार रुपैयाँ र कदर पत्र रहेको छ ।
सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भाग चेतावनीमुलक घातक रंगिन चित्र राख्ने गरी निर्देशिका परिवर्तन गरेपछि नेपालले सन् २०१५ मा १ लाख डलर सहितको ब्लूम्बर्ग फिलान्थ्रोपिक अवार्ड पाएको थियो ।
तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारीले सो पुरस्कार ल्याएका थिए । सोही पुरस्कारलाई कोष बनाएर ६ जनालाई जनही ५० हजार रुपैयाँका दरले स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार दिन थालिएको हो ।
यद्धपी अहिलेसहित जम्मा तीन पटक मात्रै यो पुरस्कार वितरण भएको छ ।
सम्पर्क इमेल : [email protected]
पुरसकृत केही व्यक्तिहरु काे यागदान बारे मलाई थाहा भएन। धेरै प्रश्नहरु बाकी छ।