गर्मी बढेपछि आइतबारदेखि वीरेन्द्रनगरका विद्यालय बन्द, खोप कार्यक्रम प्रभावित

सुर्खेत, १८ जेठ । अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरभित्रका विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् ।

अत्यधिक गर्मी बढेको भन्दै निजी विद्यालयको छाता सङ्गठन प्याब्सनले यही जेठ २० गते आइतबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

आज वीरेन्द्रनगरको तापक्रम करिब ४० डिग्री मापन भएको छ । गर्मीले बालबालिकाको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको प्याब्सन सुर्खेतका अध्यक्ष बेदप्रकाश ढकालले जानकारी दिए ।

उनका अनुसार गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा हुनसक्ने असरलाई मध्यनजर गर्दै सामूहिक छलफलपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

खोप कार्यक्रम प्रभावित

यही जेठ १३ देखि २६ गतेसम्म पोलियो रोगविरुद्धको खोप अभियान सुरु भइरहेको छ । विद्यालयसँगको समन्वयमा खोप कार्यक्रम सञ्चालन गर्ने तालिका तय गरिए पनि विद्यालय बन्द हुने भएपछि खोप अभियान प्रभावित हुन पुगेको हो ।

सुर्खेतका पालिकामा दुई चरणमा खोप अभियान सञ्चालन गरिएको छ । वीरेन्द्रनगर, गुर्भाकोट, पञ्चपुरी नगरपालिका सिम्ता, बराहाताल र चौकुने गाउँपालिकामा यही २२ गतेदेखि २५ गतेसम्म खोप अभियान सञ्चालन गर्ने तालिका छ ।

विद्यालयसँगको समन्वयमा अभियान सञ्चालन भइरहेको भन्दै वीरेन्द्रनगरभित्रका विद्यालय बन्द भए तालिका परिवर्तन गर्ने जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयका खोप ‘फोकल प्रसन’ घनबहादुर बुढाले बताए ।

“अभियानको पहिलो चरण सञ्चालन गरिरहेका छौँ”, उनले भने, “विद्यालयसँगको समन्वयमा अभियान सञ्चालन गर्ने भनिएको छ । वीरेन्द्रनगरका विद्यालय बन्द भए हाम्रो तालिकामा पनि प्रभाव पर्ने भएकाले तालिका परिवर्तन गर्नुपर्ने हुन्छ ।”

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *