प्रधानमन्त्री पत्नी स्वर्गीय सीता दाहालको नाममा कलेज स्थापना हुने

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी स्वर्गीय सीता दाहालको नाममा कलेज स्थापना हुने भएको छ । अर्थमन्त्री बर्षमान पुनले आज प्रस्तुत गरेको आर्थिक बर्ष २०८१ /०८२ को बजेट बक्तव्यमा सो जानकारी दिएका हुन् ।

‘काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथि एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु,’अर्थमन्त्री पुनले संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने क्रममा भने ।

प्रचण्ड पत्नी दाहालको गतवर्ष अर्थात २७ असार २०८० का दिन निधन भएको थियो । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)’ बाट पीडित दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । तर उनको निधन भने हृदयघात भएको थियो ।

अर्थमन्त्री पुनले सीता दाहालको नाममा कलेज स्थापना गर्ने बजेट बक्तव्य प्रस्तुत गरिरहँदा संसदमा रहेका प्रधानमन्त्री प्रचण्डको मुहार प्रफुल्लित देखिन्थ्यो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “प्रधानमन्त्री पत्नी स्वर्गीय सीता दाहालको नाममा कलेज स्थापना हुने

  1. College kholnu ramro kura ho…tara budget desh ani naam PM ko srimati , ati nai bhayena ra…yo hamro desh ko budget ho ki ,Prachanda family ko budget bhasan… Sabai lai afno naam nai lekaunu chha… Naam nai lekhne ho bhane kunai Sahid ko naam ma kholnu parxa …

Leave a Reply

Your email address will not be published. Required fields are marked *