स्वास्थ्यमा सरकारको नीति : गत वर्ष भन्दा के फरक ?

काठमाडौँ, ८ जेठ । गत साता सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यको नयाँ विषय खासै देखिदैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले पनि धेरै आकर्षक विषय नभएको बताउँछन् तर उनीहरु खुशी नै छन् ।

तोकिएको सानो ‘सिलिङ’मा केन्द्रीत रहेर बनाइएका कार्यक्रमलाई समेटने गरी नीति आएको उनीहरुको टिप्पणी छ ।

‘अब बजेट कस्तो आउला,  नीति तथा कार्यक्रममा यो भन्दा ठूलो अपेक्षा थिएन । यत्तिको ठिकै नै हो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने ।

गत साता राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा गत वर्षका केही कार्यक्रमलाई निरन्तरता दिइएको छ भने केही कार्यक्रम हराएको छ ।

केही नयाँ कार्यक्रम परेको जस्तो देखिन्छ । तर, गत वर्षका आएका विषयहरु सम्पन्न भएर यसपटक हराएका भने होइनन् । नयाँ कार्यक्रम दिने नाममा पुरानो हराउने सरकारी प्रचलन जस्तै भएको छ ।

एक पटक हेरौं न त गतवर्ष र यो वर्षको नीति तथा कार्यक्रम :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *