राष्ट्रपति पौडेलद्धारा आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत, स्वास्थ्यका विषय के के परे ?

काठमाडौँ, १ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेका छन् । संघीय संसदको संयुक्त बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहालले पेश गरेको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गरेका हुन् ।

यसपटक नीति तथा कार्यक्रममा स्वास्थ्य सम्वन्धी के के विषय परे ? हामी क्रमश प्रस्तुत गर्दै जाने छौँ ।

  • आधारभूत अस्पतालको निर्माणलाई प्राथमिकता दिइएको छ ।
  • औषधि र खोपलाई प्राथमिकता दिइएको छ ।
  • सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको छ ।
  • पहिचान भएका गरीबहरुलाई स्थानीय तहमार्फत निशुल्क बीमा गरिनेछ ।
  • औषधिजन्य बनस्पतिको उत्पादनलाई व्यवस्थित गरिनेछ ।
  • प्रमुख शहर र औद्योगिक क्षेत्रमा प्रदुषण मापनलाई थप व्यवस्थित गरिनेछ ।
  • औषधि लगायत अत्यावश्यक बस्तुमा आत्मनिर्भर हुने गरी उद्योगको क्षमता विस्तार गर्ने गरी निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ ।
  • बाल सुधारगृहमा रहेका बालबालिकाहरुको स्वास्थ्य बीमा गरिनेछ ।
  • जेष्ठ नागरिकलाई घर घरमै स्वास्थ्य परीक्षण र औषधिको व्यवस्था मिलाइने छ ।
  • शहीद दशरच चन्द विश्वविद्यालयमा ३०० बेडको मेडिकल कलेजको रुपमा यसैबर्ष सञ्चालनमा ल्याइने छ ।
  • उदयपुर, मोरङ, पर्सा चितवन लगायत देशका अन्य सथनमा मेडिकल कलेज स्थापना गर्न तथा सञ्चालनका लागि आवश्यक तयारी गरिनेछ ।
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै वर्ष देखि चिकित्सा शास्त्र संकायको स्नातक तहको कक्षा सुरु गरिनेछ ।
  • पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत अस्पताल सञ्चालनको तयारी गरिनेछ ।
  • तिनै तहका स्वास्थ्य सेवा प्रणाली भौतिक पूर्वाधार जनशक्ति र संसाधनको एकीकृत एवं समन्वयात्मक परिचालन गरि प्रत्येक नागरिकलाई आधारभूत स्वास्थय सुविधाको प्रत्याभूति गरिनेछ ।
  • संघ प्रदेश तथा स्थानीय तहमा प्रवाह हुने स्वास्थ्य सेवाको बर्गिकरण गरिनेछ ।
  • संघीय अस्पतालहरुलाई कार्यवोझको आधारमा पुर्न संचरना गरिनेछ ।
  • वीर अस्पताल राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल लगायत धेरै जनशक्ति उपलव्ध भएका अस्पतालहरुमा दुई सिफ्टमा बहिरंग सेवा सञ्चालन गरिनेछ ।
  • कान्ति बाल अस्पतालमा थप पूर्वाधार निर्माण र स्तरोन्नती गरि सुविधा सम्पन्न बनाईनेछ ।
  • शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई हृदयरोग सम्वन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम संस्थाको रुपमा विकास गरिनेछ ।
  • निर्माणको चरणमा रहेको आधारभूत अस्पतालहरुको निर्माण कार्य शीघ्र सम्पन्न गरिनेछ ।
  • नागरिक आरोग्य कार्यक्रमलाई स्थानीय तहमा विस्तार गरिनेछ ।
  • योग र ध्यानलाई विश्वभर फैलाउने गरी पर्यटन प्रवर्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
  • देशभरका सरकारी तथा गैर सरकारी गरी संगठित क्षेत्रलाई स्वास्थ्य बीमामा आवद्ध गराइनेछ ।
  • औषधि र औषधि जन्य सामग्री स्वास्थ्य उपकरण सौन्दर्य प्रसाधन सामग्री तथा औषधि पुरक पोषक पदार्थहरुको गुणस्तर परीक्षण र नियमन व्यवस्थालाई थप प्रभावकारी बनाईनेछ ।
  • औषधिको गुणस्तर जाँचको व्यवस्था सहित राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता बृद्धि गरिनेछ ।
  • आधारभूत आयुर्वेद औषधिको उत्पादनमा आत्मनिर्भर हासिल गरिनेछ ।
  • मानव अंग प्रत्यारोपण संस्था र सेवाको स्तरउन्नती गरि विस्तार गरिनेछ ।
  • खरीद प्रक्रिया सम्पन्न हुने चरणमा रहेका अस्पतालको निर्माण सुुरु गरिनेछ
  • प्रदेश तहमा रहेका संघीय अस्पताल वा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५०० सैयामा स्तरोन्नती गरिनेछ ।
  • सुरक्षित मातृत्व र रोग नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
  • पाठेघरको मुखको क्यान्सर रोग थामका लागि निशुल्क स्क्रिनिङ कार्यक्रम र १० देखि १४ बर्ष उमेर समूहका बालिकालाई दिईने खोप सेवालाई जिल्ला अस्पतालसम्म विस्तार गरिनेछ ।
  • पाठेघरको मुखको क्यान्सर रोग थामका लागि निशुल्क स्क्रिनिङ कार्यक्रम र १० देखि १४ बर्ष उमेर समूहका बालिकालाई दिईने खोप सेवालाई जिल्ला अस्पतालसम्म विस्तार गरिनेछ ।
  • परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा जन्मजात अवस्थामा असाधारण प्रकउृतिका अवस्था पैदा गर्ने रोग तथा नवजात शिशु परीक्षण सेवा सुरु हुनेछ ।
  • सबै अस्पतालमा जेरियाट्रिक वार्ड सञ्चालनमा ल्याई जेष्ठ नागरिकलाई सहज रुपमा सेवा पाउने व्यवस्था मिलाइनेछ ।
  • प्रत्येक प्रदेशमा कम्तिमा एक संघीय अस्पताल र दुई अन्य अस्पतालमा टेलि मेडिसिन सेवा सञ्चालन हुनेछ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *