नव नियुक्त स्वास्थ्य मन्त्री प्रदीप यादवले पहिलो निर्णय के गरे ?

पदवहाली पछि स्वास्थ्य मन्त्री यादवले के भने ?

काठमाडौँ, ३१ बैशाख । नव नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले आज बेलुका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगि पदवहाली गरेका छन् ।

आजै विहान यसअघिका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले राजिनामा दिए लगत्तै जनता समाजवादी पार्टीले प्रदीप यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यादव सहित स्वास्थ्य राज्यमन्त्री हसिना खानलाई समेत पद तथा गोपनियताको सपथ गराएका थिए ।

बेलुका सात बजेपछि मन्त्रालय पुगेका यादवलाई कर्मचारीहरुले दही खुवाएर कार्यकक्ष प्रवेश गराएका थिए । कुर्सीमा बसेपछि उनले दुईवटा फाइल सदर गरेका थिए ।

पहिलो निर्णय अस्पतालहरुको जनशक्ति थप गर्नका लागि ओएनएम गर्ने विषय थियो भने दोस्रो निर्णय एघारौँ तहमा बढुवा भएका डाक्टरको पदस्थापन सम्वन्धी रहेको सचिव मधुसुदन बुर्लाकोटीले बताए ।

यस्तो छ पहिलो निर्णय ?

पदवहाली पछि स्वास्थ्य मन्त्री यादवले के भने ?

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *