नवनियुक्त स्वास्थ्यमन्त्री यादवद्धारा पदवहाली
काठमाडौँ, ३१ बैशाख । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पदवहाली गरेका छन् । केही वेर अघि स्वास्थ्य मन्त्रालयमा पुगेर उनले पदवहाली गरेका हुन् ।
यसअघि उनले राष्ट्रपति रामचन्द्र पौडेलसंग पद तथा गोपनियताको सपथ लिएका थिए । सपथ लगत्तै उनी मन्त्रालय आएर पदवहाली गरेका हुन् ।
उपेन्द्र यादवले राजिनामा दिएपछि खाली भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका हुन् । उनी पर्सा १ बाट निर्वाचित सांसद हुन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]