नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप यादवले लिए शपथ

काठमाडौँ, ३१ बैशाख । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले शपथ लिएका छन् ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्री यादवलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको सहभागिता रहेको थियो ।

शपथलगत्तै मन्त्री यादवले सिंहदरबार आएर पदभार ग्रहण गर्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *