नर्सिङ लाईसेन्स परीक्षाको बार्षिक तालिका सार्वजनिक
काठमाडौँ, २५ बैशाख । नेपाल नर्सिङ काउन्सिलले नर्सहरुको नाम दर्ता (लाइसेन्स) परीक्षाको बार्षिक तालिका सार्वजनिक गरेको छ ।
काउन्सिलले मंगलबार विसं २०८१ सालमा हुने प्रविणता प्रमाण पत्र तह (पीसीएल) र बीएस्सी नर्सिङ तथा विशेषज्ञ नर्सिङ र वीएमएस तर्फको परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
काउन्सिलको परीक्षा समितिका अनुसार पीसीएल र बीएस्सी नर्सिङ तर्फ १५ असार, १० कात्तिक र १० फागुन गरी २०८१ सालमा तीन पटक परीक्षा हुनेछ ।
यस्तै विशेषज्ञ नर्सिङ र बीएमएस तर्फको परीक्षा भने एक पटक मात्रै अर्थात १८ असारमा हुने बताइएको छ ।
नाम दर्ता (लाइसेन्स) परीक्षामा उत्तीर्ण भएका नर्सहरुले मात्रै बिरामीको उपचार तथा हेरचाहमा सहभागी हुन पाउने छन् ।
सम्पर्क इमेल : [email protected]