उपत्यकामा हैजा संक्रमितको संख्या ५० पुग्यो
काठमाडौँ, २८ साउन – उपत्यकामा हैजा संक्रमितको संख्या ५० पुगेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका अनुसार ४४ वटा केश ललितपुरमा ६ वटा केस काठमाडौँमा भेटिएको हो ।
महाशाखाका निर्देशक डा. भीम आचार्यले यसपटक ५० जनामा संक्रमण देखिएपनि कसैको मृत्यु नभएको बताए । उनले संक्रमित स्थानका अन्य व्यक्तिको समेत परीक्षणसंगै लाई रोगबाट जोगिने उपायका बारेमा व्यापक जनचेतना फैलाइरहेको दावी गरे ।
डा. आचार्यले उपत्यकामा खानेपानीमा हैजाको जीवाणु भेटिएको भन्दै पानी शुद्धिकरण गर्न उमाल्न तथा क्लोरिन झोल हालेर पिउन निर्देशन दिएको बताए । उनले बर्खाका बेलामा अन्य खानासमेत प्रदुशित हुने भन्दै खानेकुरामा सतर्कता अपानाउन समेत सुझाव दिए ।
सम्पर्क इमेल : [email protected]