आरजुको थाइराइडको शल्यक्रिय सफल, केही समय भारतमै बस्ने
काठमाडौं, १५ चैत । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा.आरजु राणा देउवाको थाइराइडको सफल शल्यक्रिया गरिएको छ ।
उनका स्वकीय सचिव कमल रावलले आज विज्ञप्ति जारी गर्दै आरजु उपचारका लागि भारत गएको र अहिले नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलम उपचार भइरहेको बताएका छन् ।
आरजुले विगत दुई बर्षदेखि स्वास्थ्य समस्याका कारण चिकित्सकहरुको सल्लाहअनुसार भारतको नयाँ दिल्लीमा फलोअप उपचार गर्दै आएको समेत विज्ञप्तिमा उल्लेख छ ।
गत चैत १४ गते आरजुको हाइपर पाराथाइरोडिज्मको शल्यक्रिया भएको बताइएको छ । अहिले आरजुको स्वास्थ्य सुधारोन्मुख रहेको र चिकित्सकहरुको परामर्श अनुसार अझै केही समय अस्पतालमै उपचार गर्नुपर्ने विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
सम्पर्क इमेल : [email protected]