तीन फिट अग्ला गणेश बन्दैछन् विश्वकै ‘होचा डाक्टर’
मेडिकल काउन्सिलले रोक्दा रोक्दै डाक्टर कसरी बने ?
भारत । अमदावादस्थित भावनगर मेडिकल कलेजको करिडोरबाट मेडिकल वार्ड तर्फ प्रोफेरसको पछि केही इन्टर्न डाक्टर आफ्ना पाईला लम्काईरहेका छन् । त्यसमा अलि छिटो छिटो पाइला चाल्दैछन् डा. गणेश वरैया । भर्खरै एमबीबीएस पुरा गरेका २३ बर्षीय बरैयाले खुट्टा छिटो छिटो लम्काउनुको पछाडी उनको शारीरिक अवस्था हो ।
किनभने उनको उचाई मात्रै तीन फिटको छ । अनि पुरा शरीरको तौल १८ केजी मात्रै ।
संसारकै सबैभन्दा होचो डाक्टर भनेर विश्व रेकर्ड राख्न योग्य भएका बरैया अहिले भने आफ्नो पेशागत दायित्व पुरा गर्ने दृढ संकल्पमा छन् ।
अस्पतालको शैय्याको उचाई भन्दा पनि कम उचाईका उनले शैय्यामा रहेका बिरामीहरुको जाँच गर्न शरीर तत्काउनु पर्छ । भुईमा केही साराहा लिनु पर्छ । तर उनले जे जसरी हुन्छ आफ्नो दायित्व पुरा गर्दै आएका छन् ।
उनी जन्मजात पुड्कोपनाको सिकार भए शरीरमा लोकोमोटिभले ७२ प्रतिशत असर गरेको छ । तर पनि उनी मुस्कान छर्दै आफ्ना बिरामीको उपचारमा तल्लिन छन् । उनको स्वर बच्चाको जस्तो छ, तर आत्मविश्वस भने लोभलाग्दो छ । उनले त्यहि आत्मविश्वासका साथ बिरामीको उपचारमा खटिईरहेका छन्।
राउण्डमा जाँदा केही बिरामीहरुले उनीमाथि विश्वास नै नलागेको जस्तो व्यवहार पनि नदेखाउने होइन तर उनले तत्कालै त्यो व्यवहारलाई परिवर्तन गर्न बाध्य बनाउँछन् ।
तीन फिट अग्लो गणेश कसरी बने डाक्टर ?
गणेशको डाक्टरी यात्रा यति सहज भने छैन । केही वर्ष अघि मेडिकल काउन्सिल अफ इन्डियाले उनलाई एमबीबीएस अध्ययनका लागि अयोग्य ठहर गरेको थियो । उनी अध्ययन्मा कमजोरी भएर होइन उनको शारीरिक अवस्थाले । मात्रै तीन फिट उचाई र १८ केजी तौल भएका कारण उनलाई डाक्टरी शिक्षा अध्ययन्का लागि रोक लगाइएको थियो । तर अहिले उनी एमबीबीएस पुरा गरी मेडिकल कलेजको इन्टर्नसिपमा लागेका छन् ।
काउन्सिलले भर्ना लिन नमान्दा समेत अबिचलित रबैयाले त्यसपछि आफ्नो प्रधानाध्यापकको सहयोग लिए, जिल्ला कलेक्टर हुँदे शिक्षा राज्यमन्त्रीसम्म पुगे । त्यति मात्रै होइन उनी समाचार एजेन्सी एनएनआई भन्छ, त्यसपछि गुजरात उच्च अदालतको ढोका ढकढक्याए । तर बरैया गुजरात उच्च अदालतमा मुद्धा हारे । त्यसपछि उनी भारतीय सर्बोच्च अदालतमा गए । सन् २०१८ मा उनले मुद्धा जिते र सन् २०१९ मा एमबीबीएसमा भर्ना भए । एमबीबीएस पुरा गरेपछि बरैयाँले भावनगरको सर टी अस्पतालमा इन्टर्नको रुपमा काम गरे ।
‘मैले ८७ प्रतिशत स्कोरका साथ कक्षा १२ पास गरेपछि एमबीबीएसमा भर्ना हुनका लागि नेशनल इलिजिविलिटि कम इन्ट्रान्स टेष्ट (निट) परीक्षा दिएँ । त्यसमा २३३ अङ्कका साथ पास भएपछि भर्नाका लागि फारम भरेँ तर मेडिकल काउन्सिल अफ इन्डियाको एक समितिले मेरो उचाईको कारण देखाउँदै भर्ना लिन अस्विकार गरयो । काउन्सिलले मेरो कम उचाईका कारण आपतकालीन केशहरु सम्हाल्न सक्दिन भने । त्यसपछि मैले नीलकण्ठ विश्वविद्यालयका मेरा प्रिन्सिपल डा दलपथ भाई कटारिया र रेवाशिस सर्वैयासंग यसबारेमा कुरा गरें । उनीहरुले मलाई भावनगर कलेक्टर र गुजरातका शिक्षा मन्त्रीलाई भेट्न भने । भावनगरको कलेक्टरको निर्देशन पछि हामीले मुद्धालाई गुजरात उच्च अदालतमा लैजाने निर्णय गरयौँ । गुजरात उच्च अदालतमा म संगै अरु दुई जना फरक क्षमताका व्यक्ति पनि थिएँ । तर हामी मुद्धा हारयौँ । तर मैले उच्च अदालतको निर्णयलाई चुनौती दिदैं सर्बोच्च गएँ । त्यहाँ भने मैले मुद्धा जितेँ’ उनले भने ।
सन् २०१८ मा सर्बोच्चको आदेशपछि उनी त्यहि साल भर्ना हुन खोजेका थिए । तर कोटा सकिएका कारण उनले अर्को बर्ष कुर्नु परयो । सर्बोच्चले पनि सोही बर्ष नपाए अर्को बर्ष भर्ना हुन सकिने जनाएको थियो । मैले् सन् २०१९ मा भाव नगरको सरकारी मेडिकल कलेजमा भर्ना भएँ र मेरो एमबीबीएस यात्रा सुरु गरेँ ।
डाक्टर बरैयाले आफू कक्षा ९ मा पुगेपछि नै डाक्टर बन्ने योजना बनाएको बताए । ‘मैले नीलकण्ठ विद्यापिठमा कक्षा ९ मा पढ्दा देखि नै भविस्यमा डाक्टर बन्छु भन्ने निर्णय गरेको थिएँ,’ उनले भने ।
डा. बरैयाले आफ्ना बिरामीहरुमा पहिलो प्रभाव उनको छोटो उचाईबाट हुने गरेको बताए । ‘सुरुमा मलाई देख्दा अलिकति चकित हुन्छन् तर त्यसपछि मलाई स्वीकार्छन् । मैले पनि उनीहरुको सुरुको व्यवहारलाई स्वीकार गर्छु । उनीहरुले मसंग सौहार्दपूर्ण व्यवहार गर्छन र खुशी पनि हुन्छन्,’ डा. बरैयाले भने ।
सम्पर्क इमेल : [email protected]