औषधि व्यवस्था विभागद्धारा निपोनको लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक
काठमाडौँ, १ फागुन । औषधि व्यवस्था विभागले विराटनगरको निपोन फार्मास्युटिकल्सबाट उत्पादित एक ब्याचको लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक लगाएको छ ।
बिभागले निपोन फार्मास्युटिकल्सबाट उत्पादित इभोरिन सिरप नामको औषधिको ब्याच नम्बर बीएलईएन ००१ को नमूना राष्ट्रिय औषधि प्रयोगशालामा लगेर परीक्षण गर्दा औषधिको मापदण्ड अनुसार नपाइएको भन्दै विक्रीमा रोक लगाइएको हो ।
विभागले अर्को आदेश नभएसम्म उक्त औषधि बिक्री वितरण नगर्न सूचित गरेको छ । उत्पादक निपोन कम्पनीलाई १५ दिनभित्र लिकेज परीक्षणको विस्तृत रिपोर्ट बुझाउन पनि विभागले निर्देशन दिएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]