मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. मिश्रको काज फिर्ता
काठमाडौँ, २६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्रको काज फिर्ता गरेको छ ।
स्वास्थय मन्त्री मोहनबहादुर बस्नेतले गत २१ माघमा मन्त्रीस्तरीय निर्णय गर्दै मिश्रको काज फिर्ता गरिदिएका हुन् । एघारौँ तहको मिश्रको काज फिर्ता पछि उनी आफ्नो दरबन्दी रहेको कोशी अस्पताल फर्किएका छन् ।
मन्त्री बस्नेतले सोही दिन राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनील शर्मालाई हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रको प्रमुख बनाएर पठाएका छन् ।
त्यहाँ प्रमुख रहेका केशवराज पण्डितलाई शर्माको ठाउँ अर्थात राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको निर्देशकको रुपमा सरुवा गरेका छन् ।
सम्पर्क इमेल : [email protected]