आजबाट एमआरआई सेवा सुरु गर्दै भेरी अस्पताल

काठमाडौँ, २५ माघ । नेपालगञ्जस्थित भेरी अस्पतालमा आजबाट एमआरआई सेवा सञ्चालनमा आउने भएको छ । विहान १० बजे देखि सेवा प्रारम्भ गर्ने अस्पतालले जनाएको छ ।

यो सञ्चालनमा आएपछि सरकारी अस्पतालमा एमआरआई सेवा सञ्चालन गर्ने भेरी अस्पताल लुम्बिनी प्रदेशकै पहिलो अस्पताल हुनेछ ।

अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा पवनजंग रायमाझीले करीव २४ करोडमा खरीद भएको थ्री टेस्ला एमआरआई इन्सटलेशनको काम सम्पन्न भएपछि आजबाट सेवा प्रारम्भ हुन लागेको बताए । उनले मेसिनको औपचारिक उद्घाटन भने केही समय पछि हुने जानकारी दिए ।

‘मेसिन आयो, जडान भयो, जनशक्ति पनि तयार भएको अवस्था छ । सेवामा किन ढिलाई गर्ने भनेर आजबाट सञ्चालनमा ल्याउन लागेका हौँ,’ डा रायमाझीले भने ।

उनले थ्री टेश्ला एमआरआई सरकारी अस्पतालमा प्राय नभएको बताए ।

अहिले १५० शैय्या स्विकृति पाएको भेरी ३०० शैय्यामा स्तरोन्नती हुने प्रक्रियामा छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “आजबाट एमआरआई सेवा सुरु गर्दै भेरी अस्पताल

  1. सेवा संचालनकाे निरन्तरता र मेशिन नबिगार्ने कुरा ठुलो हाे। सेवा निरन्तर हाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *