औषधि व्यवस्था विभागद्धारा लोमसको सिरप पनि बिक्रीमा रोक
काठमाडौँ, २३ माघ । औषधि व्यवस्था विभागले लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ओनो सिरप पनि बिक्रीमा रोक लगाएको छ ।
बजार अनुगमनका क्रममा ल्याइएको -ONSO123 व्याचको नमूना राष्ट्रिय औषधि प्रयोगशालामा लगेर परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको भन्दै विक्रीमा रोक लगाइएको हो ।
विभागले गत साता पनि लोमसले उत्पादन गरेको सेटोफेन (प्यारासिटामोल) ट्यावलेटको CT-2023 व्याचको औषधि पनि ‘डज नट कम्प्लाइ’ भन्दै बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको थियो ।
विभागले ओनो सिरपको ‘लिकेज’को सम्वन्धमा जाँचबुझ प्रतिवेदन सहित उद्योगको मुख्य प्राविधिकलाई १५ दिन भित्र विभागमा उपस्थित हुनका लागि समेत निर्देशन दिएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]