कान्तिपुर डेन्टल हस्पिटल पोखराले २४ औँ स्थापना दिवस मनायो

पोखरा, २२ माघ । गण्डकी प्रदेशकै एक मात्रै डेन्टल अस्पताल कान्तिपुर डेन्टल हस्पिटल पोखराले आइतबार २४ औँ स्थापना दिवस मनाएको छ ।

सो अवसरमा अस्पतालले निशुल्क दन्त परीक्षणसंगै युनाइटेड रिफ्रेन्स ल्याव्रोटरी (युआरएल) पोखराको प्राविधिक सहयोगमा निशुल्क मधेमेह तथा रगतमा हुने खराब बोसो (टीजी) परीक्षण गरेको थियो ।

उक्त निशुल्क स्वास्थ्य परीक्षण शिविरमा ३०० बढीले आफ्नो स्वास्थ्य जाँच गराएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठले बताए । उनले आइतबारको दन्त शिविरमा आई निशुल्क दन्त परीक्षण गराउनेहरुलाई कान्तिपुर डेन्टल अस्पतालमा आई उपचार गर्नु परेमा आगामी ६ महिना १५ प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिए । यस्तै उनले आइतबारको शिविरमा मधुमेह तथा टीजी जाँच गर्नेलाई युआरएलले ५० प्रतिशत छुटको व्यवस्था गरेको समेत बताए ।

शिविर पछि अपरान्ह अस्पतालमा केक कटिङ सेरोमोनिको आयोजना गरिएको थियो । सो कार्यक्रममा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेज एण्ड डेन्टल अस्पतालका स्टाफसंगै सो इस्टिच्युटमा अध्ययन गरेका चारवटै विषयमा विद्यार्थीहरुको सहभागिता थियो । यस्तै युआरएलका उच्च अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेज एण्ड डेन्टल अस्पतालले सन् २००४ देखि डेन्टल हाइजिनिष्ट उत्पादन गर्ने गरी सर्टिफिकेट इन डेन्टल साइन्स विषयमा पढाउन थालेको हो ।

यस्तै विसं २०७३ ७४ बाट सर्टिफिकेट इन डाइग्नोस्टिक रेडियोग्राफी, सर्टिफिकेट इन मेडिकल ल्याव टेक्नोलोजी, डिप्लोमा इन फार्मेसी विषयको कोर्ष सञ्चालन गर्दै आएको छ ।

कान्तिपुर डेन्टल अस्पतालको स्थापना भने सन् २०००मा भएको हो । यो अस्पतालमा २० वटा डेन्टल चेयर रहेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *