मुद्धा चलेको ४१ बर्ष पछि डा. पटेल दोषी ठहर, तीन वर्षको जेल सजाय

नयाँ दिल्ली । गुजरातको महानगरीय अदालतले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी चिकित्सा शिक्षा अध्ययन पुरा गरेका एक जना चिकित्सकलाई दोषी ठहर गर्दै तीन वर्ष जेल सजाय तोकेको छ । मुद्धा चलेको ४१ बर्ष पछि फैसला सुनाउँदै अदालतले डा उत्पल पटेललाई जेल सजाय तोकेको हो ।

डा. पटेलले सन् १९८० मा अहमदाबादको सीएन स्कुलबाट विज्ञान संकायबाट १२ कक्षा उत्तीर्ण गरेका थिए । त्यस वखत उनको ४८ प्रतिशत अङ्क प्राप्त गरेका थिए । सो अंङ्कले चिकित्साशास्त्र अध्ययनका लागि भर्ना पाउन मुस्किल हुन्थ्यो । डा. पटेलले भने ६८ प्रतिशत अङ्क प्राप्त भएको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी मेडिकल कलेजमा भर्ना भएका थिए ।

उनले भर्ना पाएको चार वर्ष पछि १९८४ प्रहरीमा उजुरी परेको थियो । त्यसपछि प्रहरीले यो मुद्धालाई स्थानीय अदालतमा दर्ता गरेको थियो ।

लगातार ४१ वर्ष सम्म केश चलेपछि अन्तत डा पटेलले नक्कली शैक्षिक प्रमाणपत्र पेशगरी चिकित्साशास्त्र अध्ययन गरेको प्रमाणित भएको हो ।
उनी अहिले पनि डाक्टरी पेशा मै क्रियाशिल छन् । सरकारी वकील प्रज्ञा प्रजापति भन्छिन्, ‘डा पटेल नक्कली शैक्षिक प्रमाणपत्रको गलत प्रयोग गर्ने व्यक्ति हुन् र उनलाई अदालतले सजाय सुनाएको छ ।’

उनले डा पटेलले गम्भीर गल्ती गरेको भन्दै कुनै प्रकारको राहत नदिन समेत अदालत समक्ष अपिल गरेको बताईन् ।

‘चिकित्सक जस्तो मान्छेले यस्तो नक्कली कार्य गर्छ भने आम जनतामा कस्तो असर पर्ला त्यसैले यसमा कुनै खालको राहत दिनु हुँदैन,’ प्रजापति भन्छिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *