स्वास्थ्य चौकी हस्तान्तरण
रसुवा, ८ साउन – करुणा फाउन्डेसनले धुन्चेमा निर्माण गरेको स्वाथ्य चौकी आज हस्तान्तरण गरिएको छ ।
करिब रु ४० लाखको लागतमा प्रिफेब ढाँचामा निर्मित छकोठे स्वास्थ्य चौकी स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख सहसचिव महेन्द्रबहादुर श्रेष्ठलाई हस्तान्तरण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संस्था पुनःनिर्माण अन्तर्गत ११ नयाँ निर्माण र तीन वटा मर्मतको जिम्मा लिएको फाउन्डेसनले राम्चे तथा धुन्चेमा स्वास्थ्य चौकी बनाइसकेको तथा लाङटाङ बाहेकका अन्य स्थानमा निर्माण गरिरहेको छ । चौकी निर्माण गर्न हाम फाउन्डेसन नेदरल्यान्डसको आर्थिक सहयोग र ‘रिच आउट टु नेदरल्यान्डस’को समन्वय रहेको बताइएको छ ।
-रासस
सम्पर्क इमेल : [email protected]