सडक स्वास्थ्य सहायता कक्ष सञ्चालन गर्ने स्वास्थ्य कार्यालय पाल्पाको तयारी
पाल्पा, १४ माघ । लुम्बिनी प्रदेश सरकारको सहयोगमा स्वास्थ्य कार्यालय पाल्पाले सडक स्वास्थ्य सहायता कक्ष संचालन गर्ने तयारी गरेको छ । उसले असार मसान्तसम्मका लागि यो कार्यक्रम लागु गर्न जिल्ला प्रशासन कार्यालय पाल्पामा सरोकारवालाबीच छलफल गरेको छ ।
छलफलले तिनाउमा यात्रु सहायता कक्ष राख्ने प्रस्तावका बीच पहिलो चरणमा सिद्धार्थ राजमार्गको बर्तुङ्ग क्षेत्र वा उपयुक्त स्थानमा राख्ने निर्णय गरेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र गिरीले जानकारी दिए।
५ लाख बजेट रहेको र यसले सवारी चालक, सहचालक, सडक यात्रीहरू र आम जनसमुदायलाई फाइदा पुग्ने डाक्टर गिरीले बताए ।
राजमार्गमा हुने सडक दुर्घटनाबारे जनचेतना जगाउने र यसवाट हुने जोखिमलाई कम गर्ने गरी कार्यक्रम लागु भएकाले यसलाई सही सदुपयोग गर्नुपर्ने पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताए ।
यो कार्यक्रमबाट सडक दुर्घटनावारे जनचेता अभिवृद्धि भई माननवीय अंगभंग र अल्पायुमै हुनेन मृत्युमा न्यूनीकरण हुने विश्वास लिइएको प्रमुख
जिल्ला अधिकारी काफ्लेले बताए ।
रणनैतिक स्थानमा सडक सहायता कक्षको स्थापना, सडक सहायता कक्ष सञ्चालनमा स्थानीय तह र टाफिक प्रहरीसँग सहकार्य गरी जनशक्तिको व्यवस्थापन, बृहत सरोकारवालाको समन्वयमा सडक दुर्घटना सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्नु राम्रो भएको पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले बताए ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारी, टाफिक प्रहरी प्रमुख राजकुमार चापागाईं, सडक डिभिजन प्रमुख बाबुराम सापकोटा, सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख बासुदेव भण्डारी, श्रीनगर यातायात व्यवसायी प्रालिका कार्यालय प्रमुख भविन्द्र गौतम, रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डित, तानसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गा थापा, तानसेन स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपाने, नेपाल पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष रेखीराम राना लगायतले सुझाव दिएका थिए ।
सम्पर्क इमेल : [email protected]