तीन दिने ‘हिमालय इन्टरनेशनल भास्कुलर समिट-२०२४’ सकियो

काठमाडौँ, ६ माघ । भास्कुलर सम्वन्धी बृहत अन्तराष्ट्रिय सम्मेलन हिमालय इन्टरनेशनल भास्कुलर समिट (हिमभास) – २०२४’ सम्पन्न भएको छ । नेपाल भास्कुलर सोसाइटीको मुख्य आयोजनामा गत बिहीबार देखि सुरु भएको तीन दिने सम्मेलन आज सकिएको हो ।

सम्मेलनको पहिलो र दोस्रो दिनको सत्र ललितपुरको होटल हिमालयमा चलेको थियो । अन्तिम दिनको आजको सत्र भने क्लव हिमालय नगरकोटमा भएको सम्मेलन आयोजक समितिका अध्यक्ष एवं भास्कुलर सर्जन डा सन्दीपराज पाण्डेले बताए ।

सम्मेलनमा नेपाल सहित ४२ देशका १५० बढी विदेशी चिकित्सक सहित ३०० बढी चिकित्सक सहभागीता थियो । त्यसमा भास्कुलर संकायसंग जोडिएका चिकित्सक तथा अनुसन्धानकर्ता सहभागी भएको यो सम्मेलनमा भास्कुलर सम्वन्धी नयाँ नयाँ उपचार तथा अनुसन्धानका विषयमा अनुभव आदान प्रदान भएको पाण्डेले जानकारी दिए ।

‘करीव १५० बढी त बैज्ञानिक कार्यपत्र प्रस्तुत भयो । नेपाल, भारतसंगै, एशिया, युरोप, अमेरिका, अष्ट्रेलिया महादिपका देशहरुबाट सहभागी विज्ञ चिकित्सकहरुले आफ्ना साइन्टीफिक प्रस्तुतिहरु दिनुभयो । यसले नेपालको चिकित्सा शिक्षामा समेत नयाँ आयाम ल्याएको छ,’ डा पाण्डेले भने ।

त्यसो त यो सम्मेलनलाई विदेशीहरुलाई नेपाल चिनाउने अवसरको रुपमा समेत लिएको डा पाण्डेले बताए ।

‘४२ देशका विशेषज्ञ चिकित्सकहरुलाई एकै पटक नेपाल भित्र्याएर कार्यक्रम सम्पन्न गरियो । यति धेरै देशका चिकित्सकहरु यस्तो कार्यक्रममा सहभागी भएको नेपालमा रेकर्ड छैन । त्यसैले पनि यो कार्यक्रम विशेष हो,’ उनले भने ।

त्यसो त यो कार्यक्रममा आउने सबै विदेशीहरु आफ्नै खर्चमा आएका हुन् । यसले पनि नेपालका लागि थप फाइदा हुने देखिएको छ ।

‘कोही फर्कनु भइसक्यो । कोही आज विहानै एभरेष्ट बेसक्याम्प तिर जानु भएको छ, कोही पोखरा तिर घुम्न जानु भएको छ । सबैले नेपालको सुन्दरताको बर्णन गर्नु भएको छ । यसले हाम्रो पर्यटन विकासका लागि समेत इट्टा थपेको छ,’ डा पाण्डेले भने ।

कार्यक्रममा वर्ल्ड फेडरेसन अफ भास्कुलर सोसाइटीका अध्यक्ष, युरोपियन भास्कुलर सोसाइटीका अध्यक्ष, एसियन सोसाइटीका अध्यक्ष, सार्क सोसाइटीका अध्यक्ष मात्रै होइन, भारत बंगलादेश, सिंगापुर, मलेसिया लगायतका देशका भास्कुलर सोसाइटीका अध्यक्षहरु पनि यो कार्यक्रममा प्रत्यक्ष सहभागी भएका थिए ।

सम्मेलनमा भास्कुलरका क्षेत्रमा उल्लेखनीय योगदान गरेका स्वदेशी तथा विदेशी चिकित्सकलाई सम्मान गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *