कति खाने गुलियो ?
एजेन्सी । वर्ल्ड ओबीसिटी एटलसको सन् २०२३ को प्रतिवेदन अनुसार सन् २०३५ सम्म संसारभरि ५१ प्रतिशत अर्थात् चार अर्ब मानिस मोटोपनको सिकार हुनेछन्।
बालबालिकामा मोटोपन दुई गुनाले बढ्नेछ भने केटाहरूको तुलनामा केटीहरूमा मोटोपनको दर दुई गुनाभन्दा पनि बढीले वृद्धि हुने प्रतिवेदनमा उल्लेख छ।
भारतमा सन् २०३५ सम्म ११ प्रतिशत वयस्क मोटोपनको सिकार हुनेछन् जसका कारण अर्थव्यवस्थामा करिब १३,००० करोड भारुको भार थपिने अनुमान छ।
अमेरिकन हार्ट असोसिएशनका अनुसार एकजना पुरुषले प्रतिदिन ३६ ग्राम अथवा १५० क्यालोरीभन्दा बढी चिनी खानु हुँदैन।
एकजना महिलाले भने २५ ग्राम अथवा १०० क्यालोरीभन्दा बढी चिनी खानु हुँदैन।
डा. राजीव कोविलका अनुसार सामान्यतया विकसित देशहरूमा चिनीको प्रयोग बढी हुन्छ। तर भारतमा अझ बढी प्रयोग हुन्छ।
सन् १९८० को मध्य अथवा सन् १९९० को दशकमा समृद्ध परिवारका मानिसहरूमा मधुमेहको समस्या देखिएको थियो।
त्यसको एउटा कारण खानालाई उनीहरूले विलासिताका सामानको रूपमा लिन्थे।
चिनी के हो ?
सर गङ्गाराम अस्पतालस्थित एन्डोक्रिनोलजी तथा मेटाबोलिजम विभागका डा. सुरेन्द्र कुमारका अनुसार चिनी विभिन्न किसिमका हुन्छन्।
चिनीका अन्य प्रकारमा ग्लूकोज, ल्याक्टोज, सूक्रोज र फ्रक्टोज पर्छन्।
डा. सुरेन्द्र कुमार भन्छन्, “फलफूलमा ग्लूकोज र फ्रक्टोज बढी पाइन्छ। दूध, पनिरजस्ता डेरी उत्पादनमा ल्याक्टोज पाइन्छ। मह र फलहरूमा ग्लूकोज पाइन्छ र त्यो हानिकारक हुँदैन।”
प्रशोधित चिनी अर्थात् सूक्रोज हालिने खानेकुरा बढी खाँदा शरीरलाई हानि पुग्छ।
सम्पर्क इमेल : [email protected]